वि.सं: असोज ३, २०८२

डा. नलिन नाथ तिवारी

कार्यालय प्रमुख

9857053874

हरिलाल पाध्य

व.क.नि./ सुचना अधिकारी

9857030730

प्राचिन कालमा मानव सभ्यताको विकासक्रमसँगसँगै मानिसलाई ज्ञान,सीप र शिक्षा दिनका लागि त्रिवेदको (ऋगवेद, यजुर्वेद, अथर्ववेद) लेखन तथा विकास गरिएको पाइन्छ। यसैक्रममा मानवीय चेतनाको विकाससँगै विभिन्न स्वास्थ्य समस्याहरु पनि देखा परे । त्यही स्वास्थ्य समस्या समाधानका निमित्त त्रिबेद मध्येको एक वेद अथर्ववेदको एक शाखाको रुपमा आयुर्वेदको विकास भएको पाईन्छ । आयुर्वेदको शाब्दिक अर्थ व्याख्या गर्दा आयु र वेद दुई वटा शब्द मिलेर बनेको छ । जसको शाब्दिक अर्थ आयु भन्नाले जीवन (आयु) र वेद भन्नाले ज्ञान - विज्ञान भन्ने हुन्छ । समग्रमा आयुर्वेद भनेको आयुको बारेमा ज्ञान दिने, आयु वृद्धि गर्नका लागि आवश्यक ज्ञान सीप प्रदान गर्ने विषयको रुपमा आयुर्वेदलाई बुझ्न सकिन्छ । आयुर्वेद चिकित्सा प्रणालीको सर्वप्रथम व्याख्या अथर्ववेदमा गरिएको पाइन्छ।

नेपालमा छ प्रकारका (आयुर्वेद, एलोप्याथ, होमीयोप्याथी, प्राकृतिक ,आम्ची र युनानी) चिकित्सा प्रणाली प्रचलनमा रहेका छन् । ती मध्ये आयुर्वेद प्राचिन पहिलो चिकित्सा प्रणाली हो । आयुर्वेद चिकित्सा प्राणालीका आठवटा अङ्गहरु ( काया चिकित्सा, कौमारभृत्य, शल्य चिकित्सा, शालक्य चिकित्सा, भुत विद्या, अगत तन्त्र, रसायन तन्त्र र वाजीकरण तन्त्र) छन् । आयुर्वेद चिकित्सा प्राणालीले स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्नुका साथै रोगी व्यक्तिको रोग निवारण गर्ने कार्य गर्दछ । आयुर्वेद चिकित्सा प्रणालीले रोग लाग्नुको कारण, कुन रोगमा कुन लक्षण तथा चिन्हहरु देखा पर्दछन र कुन रोगलाई कुन औषध द्रव्यको प्रयोग गरी रोगको निवारण गर्न सकिन्छ भन्ने सर्वमान्य तीन शुत्रका माध्यमबाट रोगको निवारणका साथै स्वास्थ्यको संरक्षण सम्वर्धन गर्न मद्दत गर्दछ । आयुर्वेद चिकित्सा प्रणालीका अनुसार मानसिक विकारको शुद्धिका लागि योग र शारीरिक शुद्धिको लागि स्थानीय स्तरमा उपलब्ध जडिबुटी, खनिज र जान्तव द्रव्यको प्रयोग गर्न सकिन्छ । यस चिकित्सा प्रणालीले स्वस्थ जीवनशैली, स्वस्थवर्धक आहार विहार उपर्युक्त दिन तथा ऋतुचर्याका माध्यमबाट स्वास्थ्यको संरक्षण सम्वर्धन गर्नुका साथै रोग लागेमा रोग निवारणका लागि दोष दुष्य सिद्धान्तमा आधारित रही विभिन्न जडिबुटी खनिज र जान्तव द्रव्यबाट निर्मित औषधीको प्रयोगबाट रोग निवारण गर्दछ ।
आयुर्वेद चिकित्सा प्राणालीलाई गुणस्तरीय, प्राभावकारी रुपमा जानतालाई सेवा सुचारु गर्नका लागि नेपालमा संस्थागत विकास तत्कालीन श्री ५ त्रिभुवनको शासन कालमा प्रारम्भ भएको हो । हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सो अन्तर्गत आयुर्वेद चिकित्सालय, सिंहदरबार बैद्यखाना, अन्चल आयुर्वेद औषाधालाय र औषाधालयहरु रहने व्यवस्था थियो । अहिले देश संघीय संरचनामा रहेकोले आयुर्वेद चिकित्सा सेवा पनि सोही संरचना स्वरुप संघीय, प्रदेश र स्थानीय सरकारको मातहतमा रही सेवा प्रदान गरीरहेको छ। यस कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना वि.सं.२०५७ सालमा भएको हो । यो संस्था अहिले संघीय संरचना अनुसार लुम्विनी प्रेदश सरकार स्वास्थ्य मन्त्रालय  अन्तर्गत रही सेवा सञ्चालन गरीरहेको छ ।

सूचना

डाउनलोड

प्रकाशन

नीति तथा नियमहरु