प्राचिन कालमा मानव सभ्यताको विकासक्रम संगसंगै मानिसलाई ज्ञान सीप र शिक्षा दिनका लागि त्रिवेदको (ऋगवेद यर्जुवेद, अर्थववेद) लेखन तथा विकास गरीएको पाइन्छ। यसै क्रममा मानविय चेतनाको विकाससंगै विभिन्न स्वास्थ्य समस्याहरु पनि देखा परे त्यही स्वास्थ्य समस्या सामाधानका निमित्त त्रिबेद मध्येको एक वेद अथर्ववेदको एक शाखाको रुपमा आयुर्वेदको विकास भएको पाईन्छ । आयुर्वेदको शाब्दिक अर्थ व्याख्या गर्दा आयु र वेद दुई वटा शब्द मिलेर वनेको छ । जसको शाब्दिक अर्थ आयु भन्नाले जीवन (आयु) र वेद भन्नाले ज्ञान - विज्ञान भन्ने हुन्छ । समग्रमा आयुर्वेद भनेको आयुको बारेमा ज्ञान दिने, आयु बृद्धि गर्नका लागि आवश्यक ज्ञान सीप प्रदान गर्ने विषयको रुपमा आयुर्वेदलाई बुझ्न सकिन्छ । आयुर्वेद चिकित्सा प्रणालीको सर्वप्रथम व्याख्या अथर्ववेदमा गरीएको पाइन्छ।
नेपालमा छ प्रकारका (आयुर्वेद, यलोप्याथ, होमीयोप्याथी प्राकतिक ,आम्ची र युनानी) चिकित्सा प्रणाली प्रचलनमा रहेका छन । ती मध्ये आयुर्वेद प्राचिन पहिलो चिकित्सा प्रणाली हो । आयुर्वेद चिकित्सा प्राणालीका आठ वटा अ∙हरु ( काय चिकित्सा, कौमारभृत्य, शल्य चिकित्सा, शालक्य चिकित्सा, भुत विद्या, अगत तन्त्र, रसायन तन्त्र र वाजीकरण तन्त्र) छन । आयुर्वेद चिकित्सा प्राणालीले स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्नुका साथै रोगी व्यक्तिको रोग निवारण गर्ने कार्य गर्दछ । आयुर्वेद चिकित्सा प्रणालीले रोग लाग्नुको कारण, कुन रोगमा कुन लक्षण तथा चिन्हरु देखा पर्दछन र कुन रोगलाई कुन औषध द्रव्यको प्रयोग गरी रोगको निवारण गर्न सकिन्छ भन्ने सर्वमान्य तिन शुत्रका माध्यमबाट रोगको निवारणका साथै स्वास्थ्यको संरक्षण सम्वद्र्धन गर्न मद्धत गर्दछ । आयुर्वेद चिकित्सा प्रणालीका अनुसार मानसिक विकारको शुद्धिको लागि योग र शारीरिक शुद्धिको लागि स्थानीय स्तरमा उपलब्ध जडिबुटी खनिज र जान्तव द्रव्यको प्रयोग गर्न सकिन्छ । यस चिकित्सा प्रणालीले स्वस्थ जीवनशैली, स्वास्थ्य वर्धक आहार विहार उपर्युक्त दिन तथा ऋतुचर्याका माध्यमबाट स्वास्थ्यको संरक्षण सम्वद्र्धन गर्नुको साथै रोग लागेमा रोग निवारणका लागि दोष दुष्य सिद्धान्तमा आधारीत रहि विभिन्न जडिबुटी खनिज र जान्तव द्रव्यबाट निर्मित औषधीको प्रयोगबाट रोग निवारण गर्दछ ।
आयुर्वेद चिकित्सा प्राणालीलाई गुणस्तरी प्राभावकारी रुपमा जानतालाई सेवा सुचारु गर्नको लागि नेपालमा संस्थागत विकास तत्कालीन श्री ५ त्रिभुवनको शासन कालमा प्रारम्भ भएको हो । हाल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद विभाग र सो अन्र्तगत आयुर्वेद चिकित्सालय, सिंहदरबार बैद्यखाना, अन्चल आयुर्वेद औषाधालाय र औषाधालयहरु रहने व्यवस्था थियो । अहिले देश संघीय संरचनामा रहेकोले आयुर्वेद चिकित्सा सेवा पनि सोही संरचना स्वरुप संघीय, प्रदेश र स्थानीय सरकारको मातहतमा रही सेवा प्रदान गरीरहेको छ। यस कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको स्थापना वि.सं.२०५७ सालमा भएको हो । यो संस्था अहिले संघीय संरचना अनुसार लुम्विनी प्रेदश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रही सेवा संचालन गरीरहेको छ ।